झापामा शान्ति र लोकतन्त्रका लागि मौन र्याली
झापा, बिर्तामोडस्थित मुक्ति चोकमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रबार मौन र्याली सम्पन्न भएको छ।
देशव्यापी मौन विरोध प्रदर्शनअन्तर्गत गरिएको यस कार्यक्रममा पेशागत सञ्जाल (पापड), विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक अगुवा र पत्रकारहरुको उपस्थिति थियो। सहभागीहरूले “सेभ द नेशन, सेभ द कन्स्टिच्यूसन” लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध जनाएका थिए।

महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वमा मुक्ति चोकबाट सुरु भएको र्याली अधुवा खोलाको पुल हुँदै पुनः मुक्ति चोकमै फर्किएर समापन गरिएको हो।
यस मौन र्यालीमार्फत सहभागीहरूले शान्ति, लोकतन्त्र र संवैधानिक मूल्यहरूको संरक्षणका लागि आवाज उठाएका थिए।

प्रतिक्रिया