जेष्ठ २२ २०८३, शुक्रबार

ललितपुरमा निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म जारी

Ads

जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै भदौ २३ गतेदेखि लागू भएको निषेधाज्ञा र कर्फ्यु ललितपुरमा आइतबारसम्म निरन्तर रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म निषेधाज्ञा जारी हुने र सोही दिन बेलुकी ७:०० बजेदेखि भदौ २९ गते बिहान ६:०० बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएको छ ।

Ads

अत्यावश्यक कार्यका लागि भने बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म र बेलुकी ५:०० बजेदेखि ७:०० बजेसम्म आवतजावत गर्न अनुमति दिइएको छ ।

एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्रसहितका सञ्चारकर्मी तथा खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ढुवानीमा संलग्न सवारीसाधन आवतजावत गर्न सक्नेछन् ।

Ads

यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार