जेष्ठ २२ २०८३, शुक्रबार

झापामा कर्फ्यु आदेश जारी, अत्यावश्यक सामान किन्न समय तोकियो

Ads

 झापा । Gen Z आन्दोलनका कारण उत्पन्न तनावपश्चात झापामा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आइतबार सूचना जारी गर्दै भदौ २८ गते बिहान ६ बजेदेखि कर्फ्यु लागू हुने जानकारी दिएका हुन्। कर्फ्युबीच सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म मात्र घरबाहिर निस्कन छुट दिइने छ। सो समय बाहेक घरबाहिर निस्कन, भिडभाड वा जमघट गर्न निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ। यस्तै, आजै दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म पनि कर्फ्यु खुकुलो गरिने बताइएको छ। तर, राति ९ बजेदेखि भदौ २९ गते बिहान ६ बजेसम्म पुनः “हार्ड कर्फ्यु” लागू हुने प्रजिअ अधिकारीले बताएका छन्। कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दूध, पानी, तरकारी बोकेको तथा विद्युत/सञ्चार सेवासँग सम्बन्धित सवारीसाधनलाई भने विशेष अनुमति प्राप्त गरी सञ्चालन गर्न सकिनेछ। जिल्ला प्रशासनले अत्यावश्यक सेवामा खटिनु परे सम्बन्धित सुरक्षा निकायसँग सम्पर्क राखी अनुमति लिन समेत आग्रह गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार