चितवनमा निषेधाज्ञा र कर्फ्यु हटाइयो, जनजीवन सामान्य
चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले लागू गरिएका सबै प्रकारका निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको छ । प्रशासनले भदौ २८ गते बिहान ७ बजेदेखि नै प्रतिबन्धात्मक आदेश पूर्ण रूपमा हटाइएको जानकारी सार्वजनिक गरेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति–सुरक्षासम्बन्धी अवस्थालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले भदौ २६ गते बसेको बैठकमार्फत निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । तर, परिस्थितिमा सुधार आएपछि जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा हटेसँगै चितवनमा बजार, यातायात र अन्य दैनिक गतिविधिहरू पुनः सञ्चालनमा आएका छन् ।
प्रशासनले आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबै नागरिकलाई सहयोग गर्न अपिल गरेको छ ।


प्रतिक्रिया