मोदीको जन्मदिनमा ट्रम्पको फोन, युक्रेन युद्धबारे पनि छलफल
नयाँ दिल्ली, सेप्टेम्बर १७ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। शुभकामना सँगै दुई नेताबीच रुस–युक्रेन युद्धबारे पनि कुराकानी भएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्,
"मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनी राम्रो काम गरिरहेका छन्। रूस–युक्रेन युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद।"

त्यसैगरी, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ताको विवरण सार्वजनिक गर्दै ट्रम्पको शुभकामनाप्रति आभार व्यक्त गरेका छन्।
मोदीले लेखेका छन्,
"मेरो साथी राष्ट्रपति ट्रम्प, मेरो ७५ औं जन्मदिनमा तपाईंको फोन कल र शुभकामनाको लागि धन्यवाद। तपाईं जस्तै, म पनि भारत–अमेरिका व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु।"
मोदीले थप भने, "हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि तपाईंको प्रयासलाई समर्थन गर्छौं।"

यससँगै, मोदीको जन्मदिनले भारत–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया