जेष्ठ २२ २०८३, शुक्रबार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा देशभर सार्वजनिक बिदा

Ads

काठमाडौं, १ असोज ।
भ्रष्टाचारविरुद्ध भएको जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा कम्तीमा ७२ जना युवाको मृत्यु भएको थियो। उनीहरूको स्मृतिमा भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन निर्णय गरेको हो।

Ads

सोही अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ भने राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको छ।

यसअघि मंगलबार मृतक युवाहरूको शवयात्रा गरी पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो। कतिपय युवाको शव उनीहरूको गृहजिल्लामा पुर्‍याएर अन्त्येष्टि गरिएको सरकारका प्रवक्ताले जनाएका छन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार