दशैं–तिहारमा बिगमार्टमा एससीटी कार्डमार्फत भुक्तानी गर्दा छुट
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँग सहकार्यमा ‘सेलिब्रेसन विथ एससीटी’ अफर सार्वजनिक गरेको छ। असोज ६ गते घटस्थापनादेखि कार्तिक १० गते छठसम्म लागू हुने यो अफर अन्तर्गत देशभरका बिगमार्टका १२० भन्दा बढी शाखामा एससीटी–युनियनपे कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्।
एक पटकको भुक्तानीमा अधिकतम १०० रुपैयाँसम्म छुट पाइनेछ। सुविधा लिनका लागि ग्राहकले अनिवार्य रूपमा बिगमार्टमा रहेको पीओएस मेसिनमार्फत भुक्तानी गर्नुपर्नेछ।

हाल एससीटीले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। कम्पनीका अनुसार, यो अफरको मुख्य उद्देश्य कार्ड प्रयोगलाई प्रोत्साहन गर्नु र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्नु हो।
प्रतिक्रिया