धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध
७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा सुक्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
गएराति खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो। तर राति पुनः ठूलो पहिरो खसेपछि सडक दुबै तर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खसिरहने क्रम नरोकिएकाले तत्काल पन्छाउने काम गर्न नसकिएको छ। सडक बन्द हुँदा यात्रुहरू र सवारी चालक–स्टाफहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा रहन र लेन अनुशासन पालना गर्दै प्रतीक्षा गर्न आग्रह गरेको छ।
यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा ठूलो पहिरो खस्दा ४० घण्टासम्म सडक बन्द हुँदा यात्रुहरूले ठूलो समस्या भोग्नुपरेको थियो। त्यही समस्या समाधान हुन नपाउँदै जवाङ खोलामा फेरि पहिरो खस्दा यात्रुहरूको यात्रा झनै कष्टकर बनेको छ।

दशैं मनाउन गाउँ फर्किरहेकाहरू यस अवस्थाबाट बढी प्रभावित भएका छन्।
प्रतिक्रिया