जेष्ठ २२ २०८३, शुक्रबार

जेनजी आन्दोलनपछि एमाले सचिवालयको पहिलो बैठक आज

Ads

१२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो एक बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने भएको छ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। आन्दोलनपछिको पार्टी नेतृत्वको भूमिका र भविष्यको रणनीतिबारे छलफल हुने भएकाले यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

Ads

बैठकमा आन्दोलनका क्रममा भएको जनधनको क्षति, तत्कालीन सरकारको निर्णय–प्रक्रिया, ओलीले नेतृत्व गरेको सरकारमाथि उठेका प्रश्न, र पार्टीले अवलम्बन गर्ने आगामी बाटोबारे बहस हुने बताइएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समग्र समीक्षा गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको हो।

Ads

भदौ २३–२४ मा भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी सम्पत्ति मिलाएर खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ। तत्कालीन प्रधानमन्त्री ओलीले संविधान दिवसकै अवसरमा विज्ञप्ति निकाल्दै गोली हान्ने आदेश नदिएको र सुरक्षाकर्मीले प्रयोग गर्ने भन्दा बाहेकका हतियार प्रयोग भएको दाबी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार