जेष्ठ २२ २०८३, शुक्रबार

सल्यानमा फोर्स गाडी दुर्घटना, तीन जनाको मृत्यु

Ads

र्खेत । सल्यानमा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए।

आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००–४०० मिटर तल खसेको थियो।

Ads

दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ।

घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी रहेका छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार