जेष्ठ २२ २०८३, शुक्रबार

दसैंमा मनसुनी वर्षाको सम्भावना, अष्टमीदेखि दसमीसम्म पानी पर्न सक्ने

Ads

नेपालको मौसम प्रणालीमा मनसुनी वायुको प्रभाव रहिरहँदा दसैं अवधिभर पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको दसैं बुलेटिनमा अष्टमी, नवमी र दसमीका दिन वर्षा हुन सक्ने सम्भावना औंल्याइएको छ।

विभागका अनुसार, “नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर भए पनि मनसुन पूर्ण रूपमा बहिर्गएको छैन। यस वर्षको दसैं अवधिभर मनसुन वायुको प्रभाव रहिरहने देखिन्छ।”

Ads

सर्वसाधारणमा मनसुन अक्टोबर २ (असोज १६) तारिखमा बहिर्गमन गर्ने भए पनि प्रत्येक वर्ष मिति फरक पर्न सक्ने विभागले जनाएको छ।

दसैंमा पूर्वानुमान:

Ads

असोज १४, अष्टमी: बागमती र गण्डकी प्रदेशका पहाडी, साथै कोशी प्रदेशका पहाडी र तराई भू–भागमा हल्का देखि मध्यम वर्षा।

असोज १५, महानवमी: कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षा।

Ads

असोज १६, टीका: बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागमा हल्का देखि मध्यम वर्षा; मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा।

मौसमविद् विनोद पोखरेलले दसैंपछि पनि भीषण वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन्। उनका अनुसार, “अक्टोबर ४ (असोज १८) देखि अक्टोबर ७ (असोज २१) सम्म भारी वर्षाको सम्भावना छ।”

गत वर्ष पनि मनसुन बहिर्गमनको समय (असोज १०–१३) मा भीषण वर्षा भएको थियो, जसले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका धानबालीमा ठूलो असर पारेको थियो।

सामान्यतया नेपालमा मनसुन याम जेठ १८ देखि असोज १८ सम्म रहन्छ। यस अवधिमा औसत १४७२ मिलिमिटर वर्षा हुने गरेकोमा यसवर्ष औसतभन्दा कम वर्षा भएको छ। तथापि, यसवर्ष मनसुन सरदरभन्दा १५ दिनअगावै सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार