जेष्ठ २२ २०८३, शुक्रबार

उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना, पदयात्रामा ननिस्कन आग्रह

Ads

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पर्यटकलाई पदयात्रामा ननिस्कन आग्रह गरेको छ ।

प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे, खुमईलगायत लोकप्रिय पदमार्गहरूमा यात्रु नजान सार्वजनिक सूचना जारी गरिएको हो ।

Ads

आजदेखि असोज २० गतेसम्म देशभर विशेषगरी गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान भएकाले हिमपात र विपद्जन्य घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ ।

दसैँ बिदामा पदयात्रामा भीड हुने भए पनि यसपालि प्रशासनको आग्रहपछि पर्यटक कम हुने देखिएको छ ।

Ads

त्यसैगरी, प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान तथा हिमपातजस्ता घटनामा उच्च सतर्कता अपनाउन र आपतकालमा नजिकैको स्थानीय तह, जनप्रतिनिधि वा सुरक्षा निकायलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार