नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…..
खेमराज तिम्सिना
देश विकासका नाममा वनाईने ठुलठुला उधाेग कलकारखाना, भाैतिक संरचना, आर्थिक संबृद्धि भन्दा पनि देशका लागि सवैभन्दा ठुलाे सम्पत्ति भनेकाे सामाजिक सद्भाव हाे। यदि सामाजिक सद्भाव भड्कियाे भने तपाईं हामिले १०० वर्ष लगाएर वनाएका संरचना छिन भरमा खरानी हुन सक्छन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज भएको घटनाले अवस्था संवेदनशील बनेको देखिन्छ।
समयमै निष्पक्ष अनुसन्धान र कानुनी कारबाही नभए तनाव अन्य ठाउँमा पनि फैलिन सक्ने जोखिम वढदै जान्छ।
विपक्षि दलहरूकाे मलजलमा हुर्कन खाेजेकाे त्याे सुनसरिकाे घटनाका विषयमा प्रधानमन्त्री माैन किन? प्रश्नहरू तेर्सिएका छन।
दुईतिहाईकाे पहुँच वाेकेकाे नेतृत्वमा क्षमता छैन ?नागरिकहरू प्रश्न गरिरहेछन।
घृणाले कसैलाई जिताउँदैन अफवाह फैलाउनु अघि सत्य जाँचौँ। राजनीतिक स्वार्थभन्दा माथि राष्ट्रिय एकता। दोषीलाई कानुन, निर्दोषलाई सम्मान।
नेपाल अनेक जाति, भाषा र संस्कृति साथै हिमाल पाहाड तराई विचकाे साझा फूलबारी हो। यही विविधताले हामीलाई सुन्दर बनाएको छ।
जब घृणा फैलिन्छ, त्यसको मूल्य सबैले चुकाउँछन्। एउटा अफवाह, एउटा उत्तेजक भाषण वा एउटा गैरजिम्मेवार पोस्टले वर्षौँको विश्वास तोड्न सक्छ। यही बेला सबैभन्दा ठूलो जिम्मेवारी नेतृत्वको हुन्छ। संकटमा समाजलाई जोड्ने राजनीति चाहिन्छ, फुटाउने होइन। कुनै पनि दल, नेता वा प्रभावशाली व्यक्तिले यदि लाेकतन्त्रकाे उपलब्धि सम्झेर आफ्नो स्वार्थका लागि समाजलाई विभाजित गर्ने भाषा बोल्छ भने, त्यो लोकतन्त्र प्रतिकाे उपहांस हाे। लाेकतन्त्रकाे पक्षमा आवाज उठाउनेहरूनै आज यसरी लाेकतन्त्रकाे खिल्ली किन उडाई रहेछन? प्रश्न गर्न मन लाग्छ।
समाजमा फैलन लागेकाे हिङ्सालाई समाधानका उपाय खाेज्नु सवै राजनितिक दलकाे कर्तव्य हाे तर दलिय स्वार्थका लागि आफ्ना नागरिकहरूलाई एक अर्का विचमा भिडाईर रमिता हेरिरहेका राजनितिक दलहरू प्रति घृणा लागेर आउँछ।
हामी नेपाली जनता राजनितिक दलका खेलाैना भयाैं भन्ने हामिले कहिले वुझ्ने? हामी सबैले फरक पहिचान बोकेका छौँ, तर साझा भविष्य बाँडेका छौँ।
घृणा होइन, संवाद रोजौँ। अफवाह होइन, सत्य खोजौँ। द्वन्द्व होइन, एकता रोजौँ।
किनभने नेपाल कसैको एक्लै होइन, हामी सबैको साझा घर हो।
म कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा उभिएको व्यक्ति होइन। म समाजको पक्षमा उभिएको नागरिक हुँ।
मेरो विश्वास छ, देशको सबैभन्दा ठूलो सम्पत्ति केवल प्राकृतिक स्रोत, सडक वा भवन होइन; सामाजिक सद्भाव हो।
सामाजिक सद्भाव भत्कियो भने विद्यालय बन्द हुन्छन्, व्यापार प्रभावित हुन्छ, लगानी घट्छ, पर्यटन कमजोर हुन्छ, र सबैभन्दा ठूलो क्षति मानिस–मानिसबीचको विश्वास टुट्छ तपाईं र म विचकाे विस्वास टुट्याे भने के हुन्छ कल्पना गर्नुस त ?
आज मेरो आग्रह कुनै जाति, धर्म वा समुदायसँग होइन सबै नेपालीसँग हो।राजनीति विचारको प्रतिस्पर्धा हो, समाज फुटाउने माध्यम होइन।
कुनै पनि नेता, दल वा समूहले आफ्नो स्वार्थका लागि जातीय वा धार्मिक भावनालाई प्रयोग गर्नु हुँदैन। नेतृत्वको कर्तव्य आगो निभाउनु हो, आगोमा घिउ थप्नु होइन। हामी नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। अपुष्ट समाचार नफैलाऔँ। सामाजिक संजाल प्रयाेग गर्नेहरूले भ्युज वटुल्ने काममा सामाजिक सद्भाव खलवलिन वल पुने सामाग्री हरू प्रसारण गर्न राेक्नु पर्छ।
राजनितिक स्वार्थका लागि सामाजिक सद्भाव भड्काउनेहरू देशका किरा हुन, समाजका शत्रु हुन् पत्रकारिताका नाममा भ्रामक समाचार संप्रेषण गर्नेहरूलाई केही स्वार्थ पूरा हाेला तर समाज र ईतिहासले तिमिहरूलाई कालाे पाेतेर कलंकित पत्रकारिताकाे पहिलाे सुचिमा राख्नेछ।
समाजमा संकट उत्पन्न हुन खाेज्दैछ , तपाईकाे एउटा पाेष्टले समाजलाई कस्तो असर पर्छ सवैलाई गम्भिरताका साथ साेच्न म आग्रह गर्दछु।उत्तेजनालाई फैलाउने होइन, सत्यलाई साथ दिऔँ। फरक विचारलाई शत्रुता होइन, संवादबाट समाधान गर्ने प्रयत्न गराैं।
सामाजिक सद्भाव नै देशको सबैभन्दा ठूलो सम्पत्ति हो।
यो सम्पत्ति जोगाउनु सरकारको मात्र होइन, हरेक नागरिकको साझा जिम्मेवारी हो।
हामी सबै मिलेर यस्तो नेपाल बनाऔँ, जहाँ पहिचान फरक भए पनि सम्मान समान होस,
विचार फरक भए पनि सम्बन्ध कायम रहाेस, र संकटका बेला हामी एकअर्काको साथमा हातेमालाे गर्न सकाै जसका कारण हाम्राे पहिचान विश्वभर फैलियाेस ।
धन्यवाद। जय नेपाल।
प्रतिक्रिया