गौरादहमा स्वर्ण लक्ष्मी सहकारीको १५ औं इकाईगत साधारणसभा सम्पन्न, आर्थिक वृद्धिका नयाँ आयाम प्रस्तुत
गौरादह, झापा — स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले गौरादह सेवा केन्द्रमा आफ्नो १५ औं इकाईगत साधारणसभा भव्य समारोहका साथ सम्पन्न गरेको छ।

उहाँका अनुसार, यस वर्ष सेयर सदस्यहरूलाई बिप्रेषण सेवा, मोबाइल बैंकिङ, सुत्केरी राहत, शल्यक्रिया खर्च र सीपमूलक तालिम जस्ता सेवाहरू जारी रहनेछन्। संस्थाको आर्थिक वर्ष २०८०/०८१ को लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरिवेक्षण समिति संयोजक गायत्री प्रसाद पराजुलीले १ अरब १६ करोड १६ लाख ९८ हजार ८ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो।
संस्थाको कुल शेयर पुँजी ११ करोड ११ लाख ९८ हजार १ सय पुगेको छ भने गत वर्ष १ करोड ६७ लाख १७ हजार ३ सय ६९ रुपैयाँ खुद बचत गरिएको छ। संस्थाका गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले संस्थाले दमकमा स्थापना भएदेखि सेवा विस्तार गर्दै सुरुङ्गा, झिलझिले, उर्लाबारी जस्ता स्थानहरूमा सेवा केन्द्र सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो।

उहाँले सहकारीको वृद्धिसँगै थप सुविधा र सेवाहरूको दायरामा विस्तार गर्न सकिने बताउनुभयो। कार्यक्रममा गौरादह उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा कुमार श्रेष्ठले शुभकामना सन्देश दिनुभएको थियो भने स्वागत मन्तव्य संजिव रिमालले राख्नुभयो। साधारणसभा कार्यक्रमको सञ्चालन कमल कुमार घिमिरेले गर्नुभएको थियो। कार्यक्रमले सहकारी आन्दोलनप्रति नागरिकहरूको भरोसा थप बलियो बनाएको छ, जसले गौरादह लगायतका क्षेत्रका आर्थिक क्रियाकलापहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया