ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक
कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो ।
गएको भदौ १८ गतेदेखि २४ गतेसम्म भएको सीप परीक्षणमा आठ हजार नाै सय ३२ जना सहभागी भएकोमा आठ हजार एक सय ५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि पास हुनेको स्वास्थ्य परीक्षण हुनेछ ।

प्रतिक्रिया