श्रावण ३१ २०८३, आइतबार

फिल्म 'बेहुली फ्रम मेघौली' भोलीदेखि हलमा नचल्ने

काठमाडौं, १७ अक्टोबर - गत असोज १७ गते घटस्थापनादेखि रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ भोली, बिहीबारदेखि नेपालका सबै हलमा नचल्ने भएको छ।

अभिनेता निश्चलले लेखेका छन्, "भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं।" उनले चाँडै नै फिल्मलाई एसएमएस भिडियो ओटिटी प्लेटफर्ममा रिलिज गरिने कुरा पनि बताए।

उनले केही दिनअघि नेपाली फिल्मलाई राम्रो प्रतिक्रिया प्राप्त भइरहेको भए पनि हलहरूले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यससँगै, युएसए, जापान, क्यानडा, र सिंगापुरमा उक्त एप उपलब्ध नहुने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार