कात्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइँदै, यम दीपदान पनि आजबाट सुरू
आज कात्तिक कृष्ण त्रयोदशीका दिनमा काग तिहार मनाइँदैछ। बिहान सूर्योदयसँगै यमराजका दूतका रूपमा कागलाई मीठा-मीठा खानेकुरा चढाइ सम्मान गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी तिथि बिहान सूर्योदयकालमा परेकाले आज काग तिहार मनाउन लागिएको हो।
कागलाई सन्देशवाहक मानिने भएकाले यस दिन विशेष महत्त्वका साथ पूजा गरिन्छ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-१ मा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने परम्परा छ। यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ।

आजबाट यम दीपदानको क्रम पनि बेलुका सुरु हुँदैछ। तिथिको घटबढका कारण यस वर्षको यमपञ्चक हिजो बेलुकादेखि नै आरम्भ भएको छ।
प्रतिक्रिया