जेष्ठ २२ २०८३, शुक्रबार

पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरि, को को विजयी?

Ads

 

नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरि दोस्रो पटक निर्वाचित भएका छन्। गिरिले आफ्ना सहकर्मी पत्रकारहरूको विश्वास र समर्थनका साथ अध्यक्ष पदमा निरन्तरता पाएका हुन्।

Ads

गिरिले आफ्नो उम्मेदवारी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट दिएका थिए। गठबन्धनबाहेकका पत्रकारहरूको पनि साथ र शुभेच्छाले उनलाई हौसला मिलेको उनले बताए।

गिरिको नेतृत्वमा महासंघले झापामा धेरै उपलब्धिहरू हासिल गरेको छ। विशेष गरी, पत्रकारहरूको सामाजिक सुरक्षाका लागि स्थापना गरिएको "पत्रकार सहारा उपचार कोष" उल्लेखनीय छ। यो कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ संचित गरिएको छ। यस कोषको व्याजबाट पत्रकार तथा तिनका परिवारलाई सहयोग पुर्‍याउँदै ज्येष्ठ पत्रकारलाई वृत्ति वितरण गरिएको छ।

Ads

महासंघले झापा शाखालाई केन्द्रीय समितिबाट "उत्कृष्ट शाखा" घोषणा गर्न सफल बनाएको छ।

भौतिक संरचनामा सुधार गर्दै तीन तले भवन निर्माण गरिएको छ।

Ads

पत्रकारहरूको प्रोत्साहनका लागि पुरस्कार र सम्मानका कार्यक्रमहरू सञ्चालन गरिएको छ।

पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न लेखनवृत्ति र अन्य रचनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ।

गिरिले अबको कार्यकालमा पत्रकार सहारा उपचार कोषको थप विस्तार, पत्रकारहरूको भौतिक सुरक्षा, क्षमता विकास, र महासंघको संस्थागत सुदृढीकरणमा ध्यान दिने बताएका छन्। व्यवसायिक पत्रकारहरूको हकहित र सञ्चार माध्यमहरूको व्यावसायीकरणलाई सुदृढ गर्दै प्रेसमैत्री समाज निर्माण गर्ने उनको लक्ष्य छ।


झापा शाखाको नेतृत्वमा गरिएका यी कार्यहरूले स्थानीय पत्रकारिताको विकासमा योगदान पुर्‍याएको छ। गिरिको नेतृत्वको सफलताको चर्चा झापामा मात्र नभई राष्ट्रिय स्तरमा समेत भएको छ।

महासंघको आगामी गतिविधिले झापा जिल्लाका पत्रकारहरूको हकहितमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार