जेष्ठ २२ २०८३, शुक्रबार

गौरादहकी १८ वर्षीया सरस्वती दाहाल बेपत्ता, परिवारको सहयोगको अपिल

Ads

 

गौरादह नगरपालिका, वार्ड नं. ४ मजुवा (जनजागृति टोल) निवासी नारायण दाहाल र बालिका दाहालकी १८ वर्षीया छोरी सरस्वती दाहाल यही मिति २०८१ मंसिर २४ गते सोमबार कलेज जान भनी घरबाट निस्केकी थिइन्। कक्षा १२ मा अध्ययनरत सरस्वतीले बुधबारसम्म साथीसँग रहेको जानकारी परिवारलाई गराए पनि बिहीबारदेखि सम्पर्कविहीन भएकी छन्।

Ads

परिवारले आफन्त, साथीभाइ, र चिनजानका व्यक्तिहरूसँग सम्पर्क गरे पनि हालसम्म कुनै पत्तो नलागेको जानकारी दिएका छन्। सरस्वतीको मोबाइल फोन पनि बन्द रहेको छ।

परिवारको सन्देश:
"छोरी, तिमी जहाँ भए पनि सकुशल रहेकोमा हामी विश्वस्त छौं। यदि यो सन्देश तिमीले पढ्यौ भने कृपया तुरुन्त परिवारलाई सम्पर्क गर।"

Ads

सहयोगको अपिल:
कसैले सरस्वतीलाई देख्नुभएको वा सम्पर्कमा रहनुभएको भए, तल उल्लेखित नम्बरहरूमा तुरुन्त जानकारी गराउन परिवारले हार्दिक अनुरोध गरेका छन्।

बुबा नारायण दाहाल: ९८६२९१११३२

Ads

आमा बालिका दाहाल: ९८४४६००२९४


समाजका सबैलाई यस खबरलाई सेयर गरी खोजी कार्यमा सहयोग पुर्याउन अनुरोध छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार