वैशाख ०८ २०८३, मंगलबार

नेपाली लेखक संघ झापाको पाँचौं अधिवेशन सम्पन्न

Ads

 

May be an image of blueprint and text

Ads

अधिवेशनले नयाँ नेतृत्व चयन,अध्यक्षमा गोस्वामी।

भद्रपुर,२९ वैशाख /  लोकतान्त्रिक स्रष्टाहरुको साझा सङ्गठन नेपाली लेखक संघ झापाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । सोमबार बिर्तामोडको जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाकोषको सभाकक्षमा सम्पन्न अधिवेशनले अग्रज कवि तथा लेखक दयानन्द गोस्वामीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

Ads

समितिको उपाध्यक्षमा बेणुप्रसाद अधिकारी र नमूना निरौला, सचिवमा समिरबाबु कट्टेल, सह-सचिवमा जितेन साम्पाङ र अमृता कडरिया, कोषाध्यक्षमा अमृता चौलागाईं पाठक र सदस्यहरुमा पुण्य बराल, महेन्द्र कोइराला, जमुना खरेल, गुणनिधि लुइटेल रहेकाछन् भने २ जना सदस्य कार्य समितिले पछि मनोनयन गर्ने निर्वाचन समितिका संयोजक कृष्ण बराल जानकारी दिएका छन् ।

यसैगरी समितिका सल्लाहकारहरुमा केशव आचार्य, विष्णुकुमार भट्टराई, प्रकाश बुढाथोकी, कृष्ण बराल र कृष्ण धरावासीलाई चयन गरिएको छ । अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्गले लेखकीय सत्ता सधैँ स्वतन्त्र हुने भएकोले लोकतन्त्रवादी लेखक उत्तिकै प्रगतिशील पनि हुन्छ भन्दै महाकवी लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ जस्ता साहित्यका धरोहरहरुले बनाएको संगठनको सदस्य बन्न पाउनु गर्वको विषय भएको बताउँदै संगठनलाई अझ मजबुत र सिर्जनशील बनाउन आवश्यक रहेको धारणा राखे ।

Ads

कार्यक्रममा नेपाली लेखक संघ कोशी प्रदेश प्रमुख गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव बाशु पोखरेल, सशांक प्रतिष्ठानका अध्यक्ष छबिलाल खतिवडा, कवि प्रकाश बुढाथोकी, पूर्व केन्द्रीय सदस्य केशव आचार्य लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा केन्द्रीय सङ्गठन विभाग सदस्य मेची पुत्र, विष्णु कुमार भट्टराई, राजेश ढुंगाना, दीपक ढकाल, विनोद खनाल, महेन्द्रविलास लुइटेल, मिलन कुमार ढुंगाना, लेखनाथ पौडेल, लिला अनमोल, ज्ञानमणि भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।

पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो कार्यकालमा भएका गतिविधिको बारेमा जानकारी गराएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दयानन्द गोस्वामीले उमेरको हिसाबले आफू पाको हुँदैगए पनि आफ्नो कर्तव्य प्रति सधैँ युवाजोश का साथ लागिपर्ने बताउँदै झापाको लेखक संघको इतिहासमा आफ्नु कार्यकाल गौरव गर्न लायक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय अधिवेशन प्रतिनिधि रश्मिशेखर सुवेदीले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेको कार्यक्रमको अध्यक्षता कुमार भट्टराई र सञ्चालन सचिव समीरबाबु कट्टेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार