कोसी प्रदेशस्तरीय कुस्ती प्रतियोगिता गौरादहमा सम्पन्न
गौरादह, झापा — गौरादह नगरपालिकाको कबर्ड हलमा ऐतिहासिक रूपमा कोसी प्रदेशस्तरीय कुस्ती प्रतियोगिता आयोजना गरिएको छ। गौरादह नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा तथा नेपाल कुस्ती संघका महासचिव खगेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो।
दुई दिनसम्म सञ्चालन हुने यो प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालका चर्चित अन्तर्राष्ट्रिय कुस्ती खेलाडी सुरेश सुनारले कुस्ती खेलको डेमो प्रस्तुत गरेका थिए।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै खेलाडी, आयोजक, सहयोगी संस्था तथा दर्शकहरूलाई गौरादह नगर खेलकुद परिषद्ले धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको छ।
प्रतिक्रिया