श्रावण १४ २०८२, बुधवार

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट आरोपित १० जना धरौटीमा रिहा

Ads

 

काठमाडौँ । गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्ने आरोपितहरुलाई  अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

Ads


आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगरलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । अदालतले गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ ।

एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग जनही १० हजार धरौटी माग गरिएको छ । अभियोजन गरिएका ११ जनामध्ये सिन्धुपाल्चोक घर भएका निर्मला कार्की फरार थिइन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार