गौरादहबाट महिला बेपत्ता, परिवार चिन्तित
गौरादह, झापा —
गौरादह नगरपालिका–४, मजुवा (जनजागृति टोल) निवासी ३४ वर्षीया चन्द्रकला भट्टराई खवास बुधवार बिहानदेखि बेपत्ता भएकी छन्। उनी बिहान करिब ९:३० बजे घरबाट निस्किएको बताइएको छ। त्यसपछि हालसम्म उनी कसैसँग पनि सम्पर्कमा छैनन्।
निजका श्रीमान चन्द्रबहादुर खवास (भुजेल) ले जानकारी गराए अनुसार, चन्द्रकलाको मोबाइल फोन घरमै रहेको र आफन्त तथा चिनजानकहाँ सम्पर्क गर्दा पनि कुनै जानकारी नपाइएकोले परिवार अत्यन्तै चिन्तित भएको छ।
परिवारका अनुसार उनी मानसिक रूपमा पूर्ण रूपमा सन्तुलित थिइन् र घरमा कुनै विशेष विवाद पनि थिएन। बेपत्ताको खबर सार्वजनिक भएपछि स्थानीयवासी र छिमेकीहरू समेत खोजीमा जुटेका छन्।
बेपत्ताको विषयमा जानकारी भएमा तत्काल निम्न सम्पर्क नम्बरहरूमा जानकारी गराउन परिवारजनले अनुरोध गरेका छन्:
परिवारले आमालाई लक्षित गर्दै एक भावनात्मक सन्देश पनि सार्वजनिक गरेका छन्:
"आमा, तपाईं जहाँ हुनुहुन्छ, हामी तपाईं सकुशल हुनुहुन्छ भन्नेमा बिश्वस्त छौं। कृपया यो समाचार पढ्नुभएको छ भने घरमा सम्पर्क गरी हामीलाई ढुक्क बनाइदिनुहोस्। हामी तपाईंलाई माया गर्छौं र प्रतीक्षा गरिरहेका छौं।"
स्थानीय वडाध्यक्ष, प्रहरी र नागरिक समाजलाई समेत जानकारी दिइसकिएको छ। यद्यपि समाचार तयार पार्दासम्म कुनै ठोस सूचना प्राप्त भएको छैन।
परिवारले यो समाचारलाई सकेसम्म धेरै सेयर गरिदिन पनि सबैमा हार्दिक अनुरोध गरेका छन्।
प्रतिक्रिया