झापा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरू
- वेणु अधिकारी
झापा जिल्ला नेपालको कोशी प्रदेशको मेची अञ्चलमा पर्ने एक अत्यधिक उर्वर र घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने बाकी क्षेत्र तराईमा फैलिएको छ। यहाँ विभिन्न भाषाभाषी र समुदायहरूको बसोबास रहेको छ। झापा जिल्लामा रहेका तोकिएका प्रमुख धार्मिक र पर्यटकीय स्थलहरू निम्नलिखित छन्:
अर्जुनधारा
अर्जुनधारा झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा रहेको हिन्दू तीर्थस्थल हो। यस स्थानको महाभारत कालसँग सम्बन्धित कथा रहेको छ, जहाँ पाण्डवहरूले गुप्तवास गरेको र कौरवहरूको आक्रमणको बारेमा उल्लेख गरिएको छ। यहाँ लगातार पानी बगिरहेको देखिन्छ, जसले अर्जुनधाराको नामकरणमा सहयोग गरेको छ।
किच्चक बध
किच्चक बध भद्रपुर नगरपालिकामा अवस्थित छ र महाभारतकालीन कहानीसँग सम्बन्धित हो। यहाँका पुरातात्विक वस्तुहरू, देवी-देवताका मन्दिर तथा पोखरीहरू पर्यटकहरूलाई आकृष्ट गर्छन्। अनुसन्धानले यहाँ लगभग २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणित गरेको छ।
कन्काई धाम (कोटीहोम)
कनकाई धाम झापा जिल्लाको कनकाई नगरपालिकामा पर्छ। यहाँ २०४२ सालमा गरिएको महायज्ञपछि यो क्षेत्र धार्मिक महत्त्वमा बृद्धि भएको हो।
कन्काई माई
कनकाई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो, जहाँ शीतल नदीमा स्नान गर्न हर वर्ष भक्तजनहरूको भीड लाग्छ। यसलाई पवित्र धार्मिक नदीको रूपमा लिइन्छ।
कलवलगुडी
कलवलगुडी झापा जिल्लामा अवस्थित एक पर्यटकीय स्थल हो, जहाँ कलवलका वृक्षको अवलोकन गर्न र पिकनिक मनाउनका लागि लोकप्रिया छ।
केचनाकवल
केचनाकवल झापा जिल्लाको केचना गाविसमा अवस्थित छ र समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको हो। यहाँ ऐतिहासिक पोखरीहरू पनि छन्।
कृष्ण थुम्की
कृष्ण थुम्की झापा जिल्लाको बाहुनडाँगीमा अवस्थित धार्मिक र ऐतिहासिक महत्त्वको स्थान हो, जहाँ द्वापर युगमा भगवान कृष्णले गाई चराएको विश्वास गरिन्छ।
चन्द्रगढ
चन्द्रगढ भद्रपुर नगरपालिकामा स्थित एक ऐतिहासिक स्थान हो, जसलाई चंद्र शमशेरले सैनिक किल्लाको रूपमा निर्माण गरेका थिए।
चिल्लागढ
चिल्लागढ पोखरी महेन्द्र राजमार्गको छेउमा स्थित छ र यसका ऐतिहासिक पृष्ठभूमि बारे धेरै कुरा अझै प्रष्ट भएको छैन।
जामुनखाडी सिमसार
जामुनखाडी सिमसार सरकारद्वारा घोषणा गरिएको पर्यटकीय क्षेत्र हो र यहाँका अद्वितीय वन्यजीवहरू पर्यटकहरूको ध्यान आकर्षित गर्छन्।
दोमुखा
दोमुखा झापाको प्रसिद्ध पिकनिक स्थल हो र यहाँ वैष्णव देवीको मन्दिर पनि रहेको छ।
धनुषकोटि धाम
धनुषकोटि धाम कन्काई नगरपालिकामा अवस्थित एक धार्मिक स्थल हो, जहाँ विभिन्न देवी-देवताका मन्दिरहरू छन्।
पातालगङ्गा
पातालगङ्गा झापाको मेचीनगरमा स्थित पवित्र धार्मिक स्थल हो, जहाँ मानिस आँटेको काम पूरा हुन हुन्छ भन्ने विश्वासले दर्शन गर्न आउँछन्।
विराट पोखरी
विराट पोखरी झापा जिल्लाको धार्मिक र पर्यटकीय महत्त्वको स्थाान हो। यहाँका पोखरीलाई महाभारतका कथासँग जोडिएको छ।
सतासीधाम
सतासीधाम धार्मिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हो, जहाँ भक्तजनहरूको भीड लाग्छ।
समयगढ
समयगढ झापा जिल्लामा रहेको ऐतिहासिक गढ हो, जसलाई महाभारत कालसँग सम्बन्धित मानिन्छ।
सेल्फी डाँडा सुरुङ्गा
सेल्फी डाँडा झापा जिल्लाको कनकाई नगरपालिका–३ मा रहेका आकर्षक फनपार्क हो, जसले आन्तरिक पर्यटकलाई आकर्षित गर्छ।
दमक भ्यू टावर
दमक भ्यू टावर झापाको दमकमा स्थित छ, जहाँबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ।
झापा जिल्लामा रहेका यी स्थलहरूले धार्मिक र पर्यटकीय दृष्टिकोणबाट उल्लेखनीय महत्त्व राख्दछन्। स्थानीय तहले यी स्थलहरूको विकास र विस्तारमा सक्रियता साथ काम गरिरहेका छन्, जसले स्थानीय समुदायको आर्थिक विकासमा सहयोग पुर्याउनेछ।
गौरादह,झापा।
प्रतिक्रिया