जानकेश्वर गुरुकुलका विद्यार्थी दामोदर पोख्रेल सिक्किममा बने प्रथम
गत असारमा सिक्किम स्थित लिङ्के संस्कृत महाविद्यालयमा सम्पन्न परीक्षाको नतिजामा पोख्रेलले प्रथम स्थान प्राप्त गरेको जनाइएको हो । गौरादहको गुरुकुलबाट सिक्किम परीक्षा दिन गएका अन्य ४ विद्यार्थीहरु पदम खनाल, सुमन अधिकारी, निसान तिम्सिना, खगेन्द्र भट्टराईले समेत राम्रो अङ्क ल्याएर पुर्वमध्यमा परीक्षा उतिर्ण गरेका विद्यालय प्र. अ. छविलाल ढुंगानाले जानकारी दिनु भएको छ ।
सिक्किममा मात्रै ४ वटा ठुला संस्कृत विद्यालयहरु रहेका छन् । सिक्किम बाहेक नेपाल लगायतका भारतका विभिन्न क्षेत्रबाट लिङ्के महाविद्यालयमा परीक्षा दिन विद्यार्थीहरु जाने गरेका छन् ।
महर्षी फाउन्डेसनको आर्थिक तथा भौतिक सहयोग समेत प्राप्त जानकेश्वर गुरुकुलमा हाल कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ । १२ कक्षा सम्मको अध्ययन हुँदै गर्दा पुर्वमध्यमा तहभन्दा माथिको वार्षिक परीक्षा भारतमा गएर दिनुपर्ने हुन्छ । सोही अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरु सिक्किमको लिङ्के संस्कृत महाविद्यालयमा परीक्षा दिन जाने गरेका छन् ।
स्थापनाको छोटो अवधिमा जानकेश्वर गुरुकुलले निकै ठूलो फड्को मारेको देखिएको छ ।
प्रतिक्रिया