श्रावण १४ २०८२, बुधवार

मुख्यमन्त्री कार्कीद्वारा कोशी व्यारेज र आसपासका डुवान क्षेत्र निरीक्षण (तस्बिरहरु)

Ads

बिराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गर्नु भएको छ । दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाइ आग्रह गर्नु भयो । स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्नु भएको हो । उनिहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ । यस्तै प्रदेश भर वर्षा भइ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।  अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार