दुर्गा प्रसाईं धरौटीमा रिहा
काठमाडौँ – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गरिएको छ।
मंगलबार काठमाडौँ जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएपछि प्रसाईंलाई बेलुका रिहा गरिएको हो। केही समयअघि उनीमाथि विभिन्न अभियोग लागेपछि पक्राउ गरिएको थियो। अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रसाईं राष्ट्रिय मुद्दाहरूमा सक्रिय रहँदै आएका छन् र उनको भूमिकालाई लिएर सामाजिक रूपमा विवादास्पद र चर्चित पात्रका रूपमा परिचित छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकि एक नेत्री विरुद्ध भ्रामक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गरिएको थियोे ।
प्रतिक्रिया