श्रावण १४ २०८२, बुधवार

जगत गौरी परोपकार केन्द्र गौरादहको दोश्रो साधारणसभा सम्पन्न, बालबालिकाको संरक्षण र अधिकार प्रवर्द्धनमा जोड

Ads

गौरादह, झापा - मातापिता विहिन तथा असहाय बालबालिकाहरूको संरक्षण गर्दै आएको जगत गौरी परोपकार केन्द्र गौरादहको दोश्रो साधारणसभा शनिबार गौरादह १ वडा कार्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भयो। संस्थाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाका आगामी कार्यक्रमका योजना पनि सार्वजनिक गरेको छ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष विमला राईले आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरिन्। उनले संस्थाले बालबालिकाको हितमा चालु वर्षका गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिइन्। संस्थाका अध्यक्ष कविता बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षमा शिक्षा र बालअधिकारको प्रवर्द्धनमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने बताइन्।

Ads

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुवेदीले बालबालिकाको कल्याणको लागि संस्थाको भूमिकालाई प्रशंसा गर्दै यस संस्थाले गौरादह क्षेत्रमा बालबालिकाको संरक्षण र अधिकार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले संस्थाले थप श्रम शोषणमा परेका बालबालिकाको खोजी र उनीहरूको कानुनी लडाइँ लड्ने, साथै शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउने अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

समाजसेवी भिमा उप्रेती, जयबहादुर कार्की लगायतका स्थानीय समाजसेवी, सञ्चारकर्मी, शिक्षक, र बुद्धिजीवीहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले संस्थाको सामाजिक कार्यप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

Ads

साधारणसभाले आगामी वर्ष बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने र उनीहरूको अधिकारको संरक्षणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा थप योगदान दिने योजना तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार