कपिलवस्तुमा सिसौँको काठसहित ट्याक्टर र एक व्यक्ति पक्राउ
कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ।
आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
अधिक जानकारीका लागि सम्पर्कमा रहनुहोस्।
प्रतिक्रिया