श्रावण १४ २०८२, बुधवार

सामान्य कुरा, असामान्य परिणाम: शुभ प्रभातले बचायो ज्यान

Ads

 

एक युवती मासु कारखानामा काम गर्थिन्, जहाँ उनको काम मासुलाई ठिक आकारमा काट्ने थियो। एक दिन, उनको काम सकिन केही समयअघि, उनी चिसो कोठामा अर्थात् मासु भण्डारण कक्षमा प्रवेश गरिन्। अचानक बाहिरबाट ढोका बन्द भयो र उनी भित्रै थुनिइन्। उनले ढोका खोल्न धेरै कोसिस गरिन्, तर सकिनन्। उनले जति चिच्याए पनि त्यसको कुनै मतलब थिएन, किनभने अन्य सबै मजदूरहरु काम सकेर फर्किसकेका थिए।

Ads

क्रमशः, चिसोले उनलाई जकड्दै लग्यो, र उनले बाँच्ने सम्भावना हराउँदै गएको महसुस गर्न थालिन्। उनी रुदै थिइन् र चिसोले उनको ज्यान लिने लगभग निश्चित भएको थियो। अचानक, एउटा सुरक्षागार्ड अप्रत्याशित रुपमा आइपुग्यो र ढोका खोल्दै उनलाई बाहिर निकाले।

सम्हालिएपछि उनले गार्डलाई सोधिन्, "तपाईं यहाँ आउनु पर्ने थिएन। तपाईं किन आउनुभयो?"

Ads

ती गार्ड, जो त्यहाँ लगभग ३५ वर्षदेखि काम गर्दै थिए,ले जवाफ दिए, "हरेक बिहान, तपाईँ ती केही मध्ये एक हुनुहुन्छ जसले मलाई 'शुभप्रभात' भन्नुहुन्छ, र साँझमा 'शुभसन्ध्या' पनि। धेरैजसो मानिसहरु मलाई देखेझैँ गर्दैनन्, तर तपाईँ हरेक दिन मुस्कानसहित मलाई देख्न चाहनुहुन्थ्यो। आज बिहान पनि त्यही गर्नुभयो। तर आज साँझ तपाईँको 'शुभसन्ध्या' सुनेनँ। त्यसैले मलाई लाग्यो तपाईँ बाहिर निस्कनु भएको छैन र तपाईँलाई खोज्न आएँ।"

यस कथाले एक महत्वपूर्ण पाठ दिन्छ: हाम्रो जीवन धेरै छोटो छ, त्यसैले अरूसँग राम्रो व्यवहार गर्न कोसिस गरौं। साना साना सद्भावनाका व्यवहारले कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार