श्रावण १५ २०८२, बिहिबार

रवि लामिछानेकोलाई थप सात दिन हिरासतमै राखिने

Ads


काठमाण्डौ – सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी अदालतका सूचना अधिकारी सुरज अधिकारीले दिएका छन्। यसअघि अदालतले दिएको ६ दिनको म्याद आज समाप्त भएपछि प्रहरी म्याद थपका लागि अदालतमा उपस्थित भएको थियो।

Ads

रवि लामिछानेसँगै पक्राउ परेका पूर्वडीआईजी र रविकै साझेदार छविलाल जोशीलाई पनि सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको छ।

यसैबीच, रविको पक्राउ र म्याद थपको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गर्दै आएको छ। पार्टीका कार्यकर्ताहरूले रविको रिहाइको माग राख्दै विरोधका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। फाइल तस्बिर 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार