श्रावण १४ २०८२, बुधवार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा आज शुभ साइतमा बहिनिहरुबाट भाइ टीका ग्रहण

Ads

बिराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज शुभ साइतमा बहिनिहरुबाट भाइ टीका ग्रहण गर्नुभयो । झापा गौरदह तीन स्थिति निवासमा बहिनीहरुबाट उहाँले टीका ग्रहण गर्नुभएको हो । बहिनी सुशीला कार्की र पार्बता थापाबाट  दाजु दिपक कार्की सगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीका पाच जना दिदिबहिनी हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले  टिका ग्रहण सगै  नेपालीहरुको मौलिक पर्बले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो । नेपालीहरुको संस्कृति ,परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउदै यस्ता संस्कृति ,परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार