श्रावण १५ २०८२, बिहिबार

सर्वाधिक महत्त्वको मानिने साँस्कृतिक नृत्यको पदक गोल्डेन सनराइजलाई

Ads

 

गौरादह नगर प्याब्सनको आयोजनामा गोल्डेन सनराइज मावि परिसरमा मंसिर १९ र २० गते भव्य सांगीतिक तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ।
प्रतियोगितामा सांस्कृतिक नृत्यको विधा तर्फ गोल्डेन सनराइज मा. वि. ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा रहेका अन्य विभिन्न विधा मध्ये साँस्कृतिक नृत्यलाई सबैभन्दा ओजस्वी मानिन्छ । विजेता घोषित भएसँगै गोल्डेन सनराइजको नृत्य जिल्ला स्तरीय साँस्कृतिक प्रतियोगिताकोलागि छनौट समेत भएको छ । जिल्लास्तरीय कार्यक्रममा छनौट भएमा गोल्डेनको उक्त नृत्य प्रदेश स्तरीय प्रतियोगितामा पुग्ने छ । सात वटै प्रदेशबाट छनौट भएका साँस्कृतिक नृत्यहरु नेपाल प्याब्सन द्वारा आयोजना गरिने केन्द्रियस्तरको प्रतियोगितामा प्रस्तुत हुनेछन् । 

Ads

यो पनि पढौं

 कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको गायन, नृत्य र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई रंगीन बनाएको थियो।

Ads

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीको सिर्जनात्मकता, अनुशासन र राष्ट्रिय विविधताको ज्ञानलाई अभिवृद्धि गर्ने बताए।
विशिष्ट अतिथिका रूपमा प्याब्सन झापा अध्यक्ष गौरिमान फाँगो, नगर प्रवक्ता तथा गौरादह वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी, विभिन्न तहका प्याब्सन पदाधिकारीहरू र विद्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताका नतिजा

जुनियर गायन विधा

प्रथम: माउन्ट एभरेस्ट मावि

द्वितीय: दामुना विद्या मन्दिर

तेस्रो: ज्ञानज्योति मावि

सान्त्वना: गोल्डेन सनराइज मावि


सिनियर गायन विधा

प्रथम: ज्ञानज्योति मावि

द्वितीय: गोल्डेन सनराइज मावि

तेस्रो: वैगुनधुरा मावि

सान्त्वना: भानुभक्त एकेडेमी


राष्ट्रिय गीत नृत्य

प्रथम: माउन्ट एभरेस्ट

द्वितीय: गोल्डेन सनराइज

तेस्रो: न्यु भिजन

सान्त्वना: विद्य्योदय मावि


आधुनिक नृत्य

प्रथम: ज्ञानज्योति मावि

द्वितीय: इमिनेन्ट कञ्चनजंघा

तेस्रो: गोल्डेन सनराइज र सूरज शिक्षा

सान्त्वना: न्यु भिजन


सांस्कृतिक नृत्य

प्रथम: गोल्डेन सनराइज

द्वितीय: वैगुनधुरा

तेस्रो: माउन्ट एभरेस्ट

 

प्रतिक्रिया

सम्बन्धित समाचार