श्रावण १५ २०८२, बिहिबार

धरौटी बुझाउनासाथ दुर्गा प्रसाईं पुनः पक्राउ

Ads

 

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेपछि पुनः नियन्त्रणमा लिइएको हो।

Ads

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, प्रसाईंमाथि आपराधिक लाभसम्बन्धी कसुर मा अनुसन्धान भइरहेको छ। उनी निकट हरिचन्द्र फुयललाई प्रयोग गरी व्यवसायीहरूलाई धम्क्याएको प्रारम्भिक प्रमाण फेला परेको छ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा संलग्न रहेको आरोप लागेको थियो।

Ads

यस प्रकरणमा अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनलाई थप अनुसन्धानका लागि अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउन प्रयोग भएका हरिचन्द्र फुयललाई प्रसाईंले ५ लाख रुपैयाँ दिएको बयान फुयलले प्रहरीलाई दिएका छन्।

धम्की दिने घटनामा प्रसाईंको प्रत्यक्ष संलग्नताको थप प्रमाण जुटाउन प्रहरी सक्रिय छ।

प्रसाईंमाथि लागेको यी आरोपहरूले न्यायिक प्रक्रियामा गम्भीर मोड ल्याएको छ। प्रहरीको अनुसन्धान र न्यायालयको निर्णयले घटनाको निष्कर्ष निर्क्योल गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार