गरिबका झुपडी देखि बिद्यालयका बिद्यार्थी सम्म संग्रौला
जेबि खड्का
गौरादह / दु:ख र पिडाले छट्पटाई रहेका गरिबका झुपडीमा पुगेर सहयाेग गरिरहेका संग्रौलाले बेसाहरा बिद्यार्थीहरुलाई समेत सहयाेग गरिरहेका छन। गरिबीका रेखामुनि रहेका ब्याक्तीहरुलाई मौसम अनुसारका लुगा कपडा निशुल्क बितरण, बिरामीकाे औषधि उपचारमा आर्थिक सहयाेग गर्नुका साथै बिद्यार्थीहरुकाे अभिभावकत्व ग्रहण समेत गरेका छन। सेवा नै धर्म हाे भन्ने उदेश्यका साथ गाउँ घरका झुपडीमा गरिबीको पिडामा मलम लगाइरहेका संग्रौलाले आफ्नाे कमाईबाट सहयाेग गरिरहेका छन। सहयाेग गर्ने क्रममा संघ संस्था, बिद्यालय, बिपन्न बिद्यार्थी, आर्थिक अभावका कारण उपचार नपाएका बिरामीहरु पहिलाे प्राथमिकतामा रहेका छन।अति बिपन्न र बेसाहारा बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई लुगा ,जुत्ता ,कपडा र पढाइ खर्च दिएर उनीहरुकाे साहरा बनेका छन। हाल सम्म संग्रौलाले गौरादह नगरपालिका वडा नं -८ मा रहेकाे प्रगति मा.बि . मा ९ जना र अरुणाेदय आधारभूत बिद्यालयमा अध्यानरत २ जना र अन्य बिभिन्न ठाउँका बिद्यालयमा ७ जना गरी जम्मा जम्मा १८ जना बिद्यार्थीकाे अभिभावकत्व ग्रहण गरेका छन। बेसाहारा र आफन्त नभएका सडक तथा फुटपाथमा बस्दै आएका ब्याक्तीहरुका लागि मानव उद्दार सेवा केन्द्र दमक मा रहेका २५ जना असायलाई आँफै उपस्थित भएर संग्रौलाले जाडाेमा ओढ्नका लागि ब्लाइकेट बितरण गरेका छन। यसबाट २५ जना बेसाहारा बृद्ध ,बृद्धा मानसिक रोगी र बिरामी ब्याक्ती लाभान्वित भएका छन। गौरादह नगरपालिका वडा नं -८ निवासी मंगल सिंह राजवंशीकाे घर परिवारमा पर्न गएकाे बिपत्तिमा सहाराका लागि संग्रौला खम्बा भएर उभिएका छन। राजवंशीकी श्रीमतीकाे निधन भएकाले काजकिरियामा सहयाेगका लागि नगद ३ हजार ५ सय सहयाेग गर्नु भएकाे छ। अरुणाेदय आधारभूत बिद्यालयमा कक्षा -५ मा अध्यानरत राजवंशीकि नातिनी राज कुमारी राजवंशीकाे मृगौलाकाे समस्याका कारण धरान स्थित घाेपा अस्पतालमा उपचार भइरहेकाले थप उपचारका लागि काठमाडौं लानु परेमा आफुले सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ। गौरादह नगरपालिका वडा नं -८ मा संचालित अरुणाेदय आधारभूत बिद्यालयका संथाल जातिका अति बिपन्न परिवारका अभिभावक बिहिन २ जना बिद्यार्थीकाे अभिभावकत्व ग्रहण गरेका छन। बिद्यालयमा अध्यानरत कक्षा -१ मा प्रथम भै अध्यानरत रेबिका हस्दा र उनका दाजु कक्षा -५ मा प्रथम भै अध्यानरत निरज हस्दाकाे पढाइ सम्बन्धि सम्पुर्ण खर्चकाे जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेका हुन। संग्रौलाले दुई बिद्यार्थीका लागि स्टेसनरी ,बिद्यालयका पाेसाक, जाडाेमा लगाउने न्यानाे लुगा, जुत्ता ओढ्ने फाइबर सिरक र पढाइका लागि पाठ्यसामग्री समेत दिएका छन।असाय ,गरीब र उहाको सहयोग मा पुनर्जनम लिएका सयौ बिपन्न ,बिरामीहरुले उहालाई भगवान को अर्को रुप भन्ने गरेकाे गौरादह -२ का भुवन खड्का बताउँछन्।संग्रौलाले हाल विभिन्न अस्पतालमा -५ जना विपन्न परिवारका बिरामीहरुको आफ्नै खर्चमा उपचार गराई रहेका छन।
प्रतिक्रिया