असल DYC को असल सोच, पिकनिकको खर्च सार्वजनिक
गौरादह, पुस १३ - हेडिङ पढेपछि धेरैले सोच्लान यस्तो पनि समाचार हुन्छ? भनेर । कुनै पनि कार्य हेर्दा सानो होला तर त्यसले राज्यको समग्र राजनीतिक प्रणालीलाई बलियो झापड पनि दिएको हुन्छ । यस्तै एउटा उदाहरण गौरादहस्थित धिमधिमे युवा क्लबले देखाएको छ ।
धिमधिमे युवा क्लब (DYC) ले आफ्नो वार्षिक पारिवारिक वनभोज कार्यक्रम २०७८ पुस १३ मा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका सदस्यहरूसँगै परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन क्लबले विभिन्न स्रोतबाट आम्दानी संकलन गर्दै जम्मा ७२,०००/- रुपैयाँ जुटाएको थियो। यसमा सहभागी सदस्यबाट ७०,०००/- र सौजन्य सहयोग स्वरूप २,०००/- रकम प्राप्त भएको थियो।
कार्यक्रमको खर्च विवरण यस प्रकार रहेको छ:
यातायात खर्च: १६,०००/-
खाद्यान्न खर्च: ४३,७८०/-
वनभोज स्थल तथा व्यवस्थापन खर्च: ५,८५०/-
विविध खर्च: ३,४००/-
कुल खर्च: ६९,०३०/-
क्लबले खर्च कटौतीपश्चात २,९७०/- बचत गर्न सफल भएको छ।
क्लबका अध्यक्ष प्रवीण बस्नेतले यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै यसले क्लबका सदस्यहरूबीच आपसी सहयोग, सद्भाव, र मित्रता बढाएको बताए।
कार्यक्रमको व्यवस्थापन तथा समन्वयका लागि क्लबका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। आगामी दिनमा यस्ता कार्यक्रमले थप सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया