गौरादह ६ स्थित जन ज्योति मा.वि.मा ७९ विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण
गौरादह नगरपालिका वडा नम्बर ६ मा रहेको जन ज्योति माध्यमिक विद्यालयका ७९ विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण गरिएको छ। चिसो मौसममा विद्यार्थीहरूको शैक्षिक वातावरणलाई सहज बनाउने उद्देश्यसहित गरिएको यो कार्यक्रम विद्यालयका संस्था प्रमुख अशोक खड्काको विशेष पहलमा सम्पन्न भएको हो।
कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुबेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेको उल्लेख गर्दै विद्यार्थीहरूको भलाइका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
उपप्रमुख जलबर्षा राजबंशीले वितरण कार्यक्रममा सहभागीता जनाउँदै विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री सचिवालयका स्वकीय उपसचिव तुलसी कार्कीको विशेष उपस्थिति रहेको यस कार्यक्रममा पद्मोदए फाउंडेशनका संरक्षक दिपेन्द्र महतोले विद्यार्थीहरूको आवश्यकतामा सहयोग पुर्याउन पाएकोमा खुशी व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत युवराज खतीवडाले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै शिक्षा र आधारभूत सुविधामा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए।
विद्यालयका प्रधानाध्यापक अशोक खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विद्यार्थीहरूको भविष्यका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
यो कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूको दैनिक गतिविधिलाई सहज बनाउनुका साथै स्थानीय निकाय र संघसंस्थाहरूबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रिया