लागुऔषध तथा साइबर अपराधबारे विद्यार्थीलाई जनचेतना कार्यक्रम सम्पन्न
गुडलक दाहाल
गौरादह/ माघ १३, २०८१- गौरादह नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा पर्दाफास मिडिया नेटवर्क प्रा. लि. को आयोजनामा साइवर सचेतना तथा लागू औषध दुर्व्यशनी विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालयमा आइतबार आयोजित कार्यक्रममा जनता मा. वि. का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेकोे थियोे ।
नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारीले लागु औषध र साइबर अपराधको गम्भीर असर परिरहेको नेपाली समाजमा सचेतनामूलक कार्यक्रम हरु अपरिहार्य रहेको बताउदै वडा कार्यालयले समय समयमा यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । वहाँले साइबर अपराध सम्बन्धि विधेयक संसदमा दर्ता भइसकेको र यो ऐन बनेपछि सामाजिक सञ्जाल प्रयोगमा हुनेगरेका असभ्य गतिविधिहरु नियन्त्रण हुने विश्वास गरे । सामाजिक सञ्जालमा जथाभावी लेख्ने, त्यस्ता सामाग्रीमा प्रतिक्रिया दिने वा शेयर गर्ने समेत दण्डित हुने दफा समेटिएकोले पनि यो ऐन व्यवहारिक हुन सक्ने धारणा राख्नुभयो ।
ईलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरीक्षक सुभाष राई र प्रहरी हवल्दार इन्द्र प्रसाद चौहान तथा अधिवक्ता सान नेपालले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता आरम्भ बाल क्लबका अध्यक्ष तथा पत्रकार गुडलक दाहालले गरेका थिए ।
कार्यक्रमबाट आफुहरुले साइवर अपराध र लागू औषध दुर्व्यशन सम्बन्धमा निकै महत्त्वपूर्ण ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया