श्रावण १४ २०८२, बुधवार

गोल्डेन सनराइजमा विद्यार्थी भर्ना दर अहिलेसम्मकै उच्च

Ads

 

झापा: सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुले भर्ना अभियान समेत चलाउने गरेका छन् । सामुदायिक तथा निजि क्षेत्रका विद्यालयमा सरस्वती पूजाको अवसरमा अक्षरारम्भ गराउने प्रचलन अनुसार गौरादह १ मा रहेको गोल्डेन सनराइज मा. वि. मा यो वर्षको पि. जी. ग्रुप मा भर्ना हुन आउने विद्यार्थी संख्या अघिल्ला वर्षको तुलनामा निकै उच्च वृद्धि भएको विद्यालयका खेलकुद शिक्षक राम तामाङ बताउछन् । 

Ads

'यो वर्ष तुलनात्मक रूपमा भर्नादर उच्च रहेको छ । झण्डै ४३ जनाको हाराहारी पि जी कक्षामा नानीहरु भर्ना भएका छन् ।', शिक्षक तामाङले भने । 

भर्नादर उच्च हुनुको पछाडि विद्यालयमा रहेको शैक्षिक गुणस्तर नै भएको तामाङको भनाई रहेको छ । 

Ads

यो भर्ना दरले विद्यालयको शैक्षिक क्षेत्रमा गुणात्मक सुधार रहेको पुष्टि हुने तामाङको तर्क छ । 

२०५० सालमा स्थापित गोल्डेन सनराइज मा. वि.  मा कक्षा १० सम्म अध्ययापन हुँदै आएको छ । कराँते, फुटबल, महिला / पुरुष भलिबल, कबड्डी लगायतका खेलहरुमा अलग अलग  प्रशिक्षक राखेर अतिरिक्त कक्षाहरु समेत रहेको यस बिद्यालयमा अनुभवी र दक्ष शिक्षक सहितको मण्टेश्वरी कक्षाहरु समेत सञ्चालित छन् । 

यो वर्ष नगरपालिका द्वारा सञ्चालित राष्ट्रपति रनिङ सिल्डमा गौरादह क्षेत्रमा रहेका २० वटा मा. वि. सँग मुकाबिला गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार