नेपाल वंशज परिषद् गौरादह-गौरिगञ्ज समन्वय समितिको तेस्रो साधारण सभा
गौरादह, माघ २६ – नेपाल वंशज परिषद् गौरादह-गौरिगञ्ज समन्वय समितिको तेस्रो साधारण सभा गौरादह-२ हिमाल चोकमा भव्य रूपमा सम्पन्न भएको छ। सभापति राम प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय उपाध्यक्ष हरी प्रसाद नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष नेपालले नेपाल बन्धुहरूको छाता संगठन नेपाल वंशज परिषद्को स्थापनाको पृष्ठभूमि उल्लेख गर्दै परिषद्ले देशव्यापी रूपमा छरिएर रहेका नेपाल बन्धुको उत्थानका लागि खेलेको भूमिका र भावी कार्यक्रमबारे चर्चा गरे।
सभाको प्रारम्भमा कृष्ण प्रसाद नेपालले स्वागत मन्तव्य राख्दै परिषद्को उद्देश्य र भावी योजनाबारे जानकारी गराए। त्यसपछि अध्यक्ष राम प्रसाद नेपालले अध्यक्षीय प्रतिवेदन तथा कोषाध्यक्ष पार्वता नेपालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन्।
विशेष कार्यक्रममा जेष्ठ पिता चूडा मणि नेपाल र आमा बेद माया नेपाललाई खादा अर्पण गरी सम्मान गरियो। कार्यक्रममा पूनम नेपालले महिलाको उपस्थिति न्यून रहेको भन्दै आगामी दिनमा धार्मिक, सांस्कृतिक, बनभोज जस्ता गतिविधिमा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन्। यस्तै, कृष्णा माया नेपालले महिलाहरू पनि समितिमा संलग्न हुनुपर्नेमा जोड दिइन्। मित्र नेपालले समितिको आगामी योजना र समाजसेवाका क्षेत्रबारे आफ्ना विचार राखे।
सभामा हरी प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा निम्न पदाधिकारी रहेका छन्:
कार्यक्रमको अन्त्यमा जेष्ठ आमाबुबालाई स्वस्ति वचनसहित सम्मान गर्दै सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो।
प्रतिक्रिया