नेपालका प्रमुख पर्यटकीय स्थलहरू: विद्यार्थी र लोकसेवा तयारीका लागि महत्वपूर्ण स्रोत
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक धरोहरको धनी देश हो। यहाँका प्रत्येक प्रदेशमा पर्यटकीय स्थलहरू छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छन्। यहाँ नेपालका सातवटा प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूको विवरण प्रस्तुत गरिएको छ।
१. कोशी प्रदेश
नेपालको पूर्वी भागमा अवस्थित कोशी प्रदेश हिमाल, पहाड र तराई भू-भाग समेटिएको प्रदेश हो। यहाँका प्रमुख पर्यटकीय स्थलहरू निम्नानुसार छन्:
ताप्लेजुङ
कञ्चनजङ्घा हिमाल र संरक्षण क्षेत्र – विश्वकै तेस्रो अग्लो हिमाल
पाथीभरा मन्दिर – प्रसिद्ध हिन्दू धार्मिक स्थल
गुराँसे पोखरी, ओलाङ्चुङ्गोला, हाँसपोखरी, फुङ्फुङे झर्ना – प्राकृतिक सौन्दर्ययुक्त स्थलहरू
पाँचथर
जोरपोखरी, लामपोखरी, मिक्लाजुङ, साधुटार – प्रसिद्ध पर्यटकीय पोखरी र क्षेत्र
फिदिम बजार, सुम्हालुङ मन्दिर – सांस्कृतिक तथा धार्मिक महत्त्वका स्थलहरू
इलाम
सन्दकपुर, सिद्विथुम्का, गजुरमुखी धाम – सुन्दर पहाडी क्षेत्रहरू
श्रीअन्तु, माङमालुङ, छिन्टापु – सूर्योदय दृश्यका लागि प्रसिद्ध
सानो पाथीभरा (कुटीडाँडा), नाइबेनी, इलाम सहर – ऐतिहासिक तथा प्राकृतिक स्थलहरू
झापा
अर्जुनधारा मन्दिर, सुखानी पार्क, पाउ पाथीभरा – धार्मिक तथा ऐतिहासिक स्थलहरू
जामुनखाडी, दोमुखा, किचकबध, सतासीधाम – जैविक विविधता तथा धार्मिक महत्त्व बोकेको क्षेत्र
मोरङ
सुनवर्षी पोखरी, चुली पोखरी, संसारी माईस्थान – पवित्र धार्मिक क्षेत्रहरू
बिराटपोखरी, बेतनी सिमसार, राजारानी – जैविक विविधताको अध्ययन गर्न उपयुक्त स्थान
सुनसरी
भूकम्प स्मारक पार्क, विजयपुर, दन्तकाली, पिण्डेश्वर – ऐतिहासिक तथा धार्मिक स्थलहरू
बुढासुब्बा मन्दिर, रामधुनी, बराह क्षेत्र, विष्णुपादुका – प्रसिद्ध हिन्दू तीर्थस्थलहरू
धनकुटा
भेडेटार, नाम्जे, राजारानी, ध्वजे डाँडा – मनमोहक हिमाली दृश्यहरू
हिले, साततले गुफा, नमस्ते झर्ना – प्रकृतिसँग रमाउन उपयुक्त स्थान
अन्य जिल्ला
भोजपुर: साल्पा पोखरी, सभा पोखरी, सिद्धकाली मन्दिर
उदयपुर: चौदण्डीगढी, रौतापोखरी, उदयपुर गढी
खोटाङ: हलेसी महादेव मन्दिर, बुढेश्वर गुफा
ओखलढुंगा: पोकली झर्ना, चम्पादेवी मन्दिर
सोलुखुम्बु: नाम्चे बजार, सगरमाथा, त्याङ्बोचे गुम्बा
---
२. मधेस प्रदेश
मधेस प्रदेश नेपालका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूले भरिपूर्ण छ।
सप्तरी: छिन्नमस्ता मन्दिर, कंकालिनी मन्दिर
सिराहा: कमला नदी, भुत मेला, राहदेवी मन्दिर
धनुषा: जनकपुरधाम (जानकी मन्दिर, धनुष मन्दिर)
महोत्तरी: जलेश्वरनाथ मन्दिर, लक्ष्मीनारायण मठ
सर्लाही: भरत ताल
बारा: गढीमाई मन्दिर, बरेवाको दरबार
पर्सा: वीरगञ्ज, गहवामाई मन्दिर
---
३. बाग्मती प्रदेश
नेपालको राजधानी काठमाडौँ उपत्यका यसै प्रदेशमा पर्छ।
काठमाडौँ उपत्यका: पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, दरबार स्क्वायरहरू
ललितपुर: कृष्ण मन्दिर, गोदावरी, पाटन दरबार स्क्वायर
भक्तपुर: न्यातापोल मन्दिर, भक्तपुर दरबार स्क्वायर, नगरकोट
रसुवा: लाङ्टाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी
चितवन: चितवन राष्ट्रिय निकुञ्ज, सौराहा
धादिङ: रुबी भ्याली, सल्यानकोट
मकवानपुर: दामन, हेटौँडा, मकवानपुर गढी
---
४. गण्डकी प्रदेश
गोरखा: गोरखा दरबार, मनकामना मन्दिर
लमजुङ: घलेगाउँ, कालिका मन्दिर
कास्की: पोखरा, फेवा ताल, महेन्द्र गुफा, सारङ्कोट
स्याङ्जा: सालग्राम क्षेत्र, अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्थल
तनहुँ: बन्दीपुर, सिद्ध गुफा
मुस्ताङ: मुक्तिनाथ, जोमसोम, तिलिचो ताल
---
५. लुम्बिनी प्रदेश
रुपन्देही: लुम्बिनी, अशोक स्तम्भ, मायादेवी मन्दिर
पाल्पा: रानीमहल, पाल्पा दरबार
गुल्मी: रेसुङ्गा, सत्यवती ताल
प्युठान: स्वर्गद्वारी
कपिलवस्तु: रामग्राम स्तुप, बुद्ध जन्मस्थल
---
६. कर्णाली प्रदेश
सुर्खेत: बुलबुले ताल, देउती बज्यै मन्दिर
दैलेख: पञ्चकोशी क्षेत्र
जुम्ला: चन्दननाथ मन्दिर, सिँजा उपत्यका
मुगु: रारा ताल, रारा राष्ट्रिय निकुञ्ज
डोल्पा: से-फोक्सुन्डो ताल
---
७. सुदूरपश्चिम प्रदेश
कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
डडेल्धुरा: उग्रतारा मन्दिर
डोटी: शैलेश्वरी मन्दिर
बझाङ: खप्तड राष्ट्रिय निकुञ्ज
दार्चुला: मालिकार्जुन मन्दिर
नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा विश्वकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक हो। हिमालदेखि तराईसम्म फैलिएका विविध स्थलहरूले नेपाललाई पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण बनाएका छन्। प्राकृतिक सुन्दरताको अवलोकन, सांस्कृतिक सम्पदाको अध्ययन तथा धार्मिक पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य हो।
नेपालको पूर्वी भागमा अवस्थित कोशी प्रदेश हिमाल, पहाड र तराई भू-भाग समेटिएको प्रदेश हो। यहाँका प्रमुख पर्यटकीय स्थलहरू निम्नानुसार छन्:
मधेस प्रदेश नेपालका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूले भरिपूर्ण छ।
नेपालको राजधानी काठमाडौँ उपत्यका यसै प्रदेशमा पर्छ।
नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा विश्वकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक हो। हिमालदेखि तराईसम्म फैलिएका विविध स्थलहरूले नेपाललाई पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण बनाएका छन्। प्राकृतिक सुन्दरताको अवलोकन, सांस्कृतिक सम्पदाको अध्ययन तथा धार्मिक पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य हो।
प्रतिक्रिया