श्रावण १४ २०८२, बुधवार

गौरादहमा होलिका दहन

Ads

गौरादह, झापा – नेपाल तराई विद्यार्थी समितिको आयोजनामा मंगलबार होली विशेष मत्का फोड तथा होलिका दहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गौरादह कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूद्वारा शुक्रबार साँझ कार्यक्रम आयोजना गरिएको हो । 

प्राचीन कालमा हिरण्यकशिपु नामक राक्षस राजा थियो। उनले कठोर तपस्या गरी ब्रह्माजीबाट "न त दिनमा मर्ने, न रातमा; न भुइँमा, न आकाशमा; न कुनै अस्त्रले, न शस्त्रले; न कुनै मानिसद्वारा, न कुनै पशुद्वारा" मारिने वरदान प्राप्त गरेका थिए। यो वरदान पाएपछि उनले आफूलाई अमर सम्झे र आफूलाई नै भगवान मान्न थाले। उनले आफ्नो राज्यभर भगवान विष्णुको पूजा-आराधना निषेध गरे।

Ads

 

तर, हिरण्यकशिपुको छोरा प्रह्लाद भगवान विष्णुको अनन्य भक्त थिए। प्रह्लाद आफ्नो पिताको आदेश नमानेर निरन्तर भगवान विष्णुको भक्ति गर्न लागिपरे। यसले हिरण्यकशिपुलाई क्रोधित बनायो। उनले प्रह्लादलाई विष दिन लगाए, पहाडबाट खसाए, हात्तीले कुल्चन लगाए तर भगवान विष्णुको कृपाले प्रह्लादलाई केही भएन।

Ads

उक्त कार्यक्रम नेपाली परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष मनाइँदै आएको समितिका अध्यक्ष निराजन साहले बताए।

समितिका अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका विद्यार्थी, स्थानीय बासिन्दा तथा विभिन्न समुदायका गरी करिब २०० जना सहभागी भएका थिए।

नेपाल तराई विद्यार्थी समितिले आफ्नो स्थापना कालदेखि नै यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। अघिल्ला वर्षहरूमा क्याम्पस परिसरमै आयोजना गरिँदै आएको भए पनि यस वर्ष स्ववियु निर्वाचन आचारसंहिता लागू भएकाले सब्जी बजार दक्षिणपट्टि रहेको खाली जग्गामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा परम्परागत होलिका दहनसँगै मत्का फोड प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगिताका विजयीहरूले पुरस्कार प्राप्त गरेका छन्, जसले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो।

कार्यक्रमका क्रममा अध्यक्ष साहले संस्कृतिको प्रवर्द्धन एवं विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समिति निरन्तर सक्रिय रहेको बताएका छन्। साथै, उनले गैर-राजनीतिक समिति भएकाले आर्थिक स्रोत जुटाउन कठिनाइ भइरहेको उल्लेख गर्दै स्थानीय सरकार तथा सरोकारवाला निकायहरूबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए।

समितिले कृषि क्याम्पस, विभिन्न विद्यालय तथा किसान समुदायसँग समन्वय गरी विविध कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार