श्रावण १५ २०८२, बिहिबार

जेसीज र सारथिद्वारा होली महोत्सव आयोजना

Ads


पर्दाफास चैत्र १, झापा/ गौरादह जेसीज र सारथि युवा क्लबको फरक फरक आयोजनामा गौरादहमा होली उत्सव कार्यक्रम सम्पन्न गरिएको छ   । गौरादहका दुई स्थापित संस्थाहरुले परम्परागत रूपमा चलिआएको होली महोत्सवमा उल्लासमय वातावरणमा औपचारिक रूप कार्यक्रम आयोजना गरेका हुन् । 

जेसीज द्वारा आयोजना गरिएको कार्यक्रम बिहान ८ बजे बाट गौरादह बजारमा आयोजना गरिएको थियो भने सारथि युवा क्लबले बिहान ११ बजे डिपु चोकमा कार्यक्रम आयोजना गरेको थियोे । 

Ads

होली पर्वको अवसर पारेर गौरादह जेसीजले हरेक वर्ष होली मिलन तथा क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गर्दै आएको छ । यसपटक भने उक्त कार्यक्रममा क्यालेन्डर विमोचन गरिएन । रङ्गको पर्व होलीको महत्त्व माथि चर्चा परिचर्चा गर्दै एकआपसमा रङ्ग खेलेर उत्सव मनाइयो । 

जेसीज र सारथि द्वारा आयोजना गरिएका कार्यक्रमहरुमा प्रमुख आतिथ्यता गर्दै नगर प्रमुख छत्रपती सुवेदीले रङको उत्सवको धार्मिक महत्त्व सँगै सामाजिक एकता र भाइचारा सँग जोडिएको बताउनु भयो । धार्मिक ग्रन्थहरुमा उल्लेखित होलीका दहनको कथाले धार्मिक सद्भावका अतिरिक्त सामाजिकिकरणमा अतुलनीय योगदान पुर्‍याउन सफल रहेको वहाँको धारणा थियोे । 
कार्यक्रमहरुमा स्थानीय जनप्रतिनिधि, सामाजिक राजनीति अगुवा लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियोे । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार