नेपालमा यौन व्यवसाय वैधानिकता बहस: अर्थतन्त्र कि नैतिकता?
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवस्थित व्यवसायका रूपमा विकास गर्नुपर्ने तर्क अघि सारेपछि यो विषय पुनः बहसमा आएको छ। प्रतिनिधिसभाको विशेष समयमा उनले पर्यटन प्रवर्द्धनका लागि मनोरञ्जन क्षेत्रको विकास आवश्यक रहेको बताउँदै यौनजन्य व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखे।
उनले संसारमा सबैभन्दा धेरै पर्यटक मनोरञ्जनकै लागि घुमफिर गर्ने भएकाले नेपालले पनि यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए। उनका अनुसार, धार्मिक पर्यटकहरू खर्चिलो हुँदैनन्, एड्भेन्चर पर्यटनको दायरा सानो छ, तर मनोरञ्जनकै लागि आउने पर्यटक ठूलो संख्यामा हुन्छन्। त्यसैले, यौन व्यवसायलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिएमा आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको तर्क छ।
कयौं मुलुकहरूले यौन व्यवसायलाई कानुनी रूपमा व्यवस्थापन गरेका छन्। जर्मनी, नेदरल्याण्ड्स, थाइल्यान्ड, अस्ट्रेलिया लगायतका देशहरूमा यसलाई कानुनी मान्यता दिइएको छ। यी मुलुकहरूले कर प्रणालीमार्फत राजस्व संकलन गर्ने, यौन कर्मीहरूलाई कानुनी सुरक्षा दिने, स्वास्थ्य परीक्षणलाई नियमित गर्ने जस्ता व्यवस्था गरेका छन्।
तर, नेपाल जस्तो सांस्कृतिक रूपमा संवेदनशील मुलुकमा यौन व्यवसायलाई कानुनी मान्यता दिने वा नदिने भन्ने विषय विवादास्पद बन्ने देखिन्छ।
नेपालमा यौन व्यवसाय कानुनी रूपमा प्रतिबन्धित भए पनि यस गतिविधि भूमिगत रूपमा भइरहेका छन्। मानव तस्करी, जबरजस्ती वेश्यावृत्ति, तथा बाल यौन शोषण जस्ता समस्याहरू गम्भीर रूपमा देखिएका छन्।
- सान नेपाल
पर्दाफास डटकम
प्रतिक्रिया