श्रावण १४ २०८२, बुधवार

दमकका विकास योजना अघि बढाउन प्रधानमन्त्रीसँग माग

Ads

 

दमक, झापा – दमक नगरपालिकाका प्रमुख राम थापा नेतृत्वको सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिमण्डलले आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी दमकका विभिन्न विकास योजनाहरूका लागि सहयोग माग गरेको छ।

Ads

नगर प्रमुखका सहयोगी भुवन ढकालका अनुसार उक्त भेटमा दमक अस्पताललाई ३०० शैयाको सुविधा सम्पन्न अस्पतालमा स्तरोन्नति गर्ने, पशुहाटदेखि रवि चिसापानीसम्मको सडक निर्माण, दमक बहुमुखी क्याम्पस तथा हिमाली माध्यमिक विद्यालय (हि.मा.बि.) सहित ढुकुरपानी माविको अधुरो भवन पूरा गर्ने विषयमा छलफल भएको थियो। साथै, दमक वन वाटिकाको सौन्दर्यीकरण, दमक सभाहल व्यवस्थापन, रतुवा-मावा नदी तटबन्धन तथा नगरका विभिन्न सडक निर्माणका विषयमा पनि माग राखिएको थियो।

Ads

बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिँदै नगर प्रमुख राम थापाले प्रधानमन्त्रीबाट सकारात्मक संकेत प्राप्त भएको बताए। प्रधानमन्त्री ओलीले दमकको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार