श्रावण १४ २०८२, बुधवार

सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु

Ads

विराटनगर।कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो।

 कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो।

Ads

 आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो। भारतबाट आउने पर्यटकहरुलाई  प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो।

 यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरु बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिनुभयो।

Ads

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताउनुभयो। यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उहाँले बताउनुभयो। 

नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै कार्कीले अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गर्नुभयो।

 उहाँले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताउनुभयो। कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गर्नुभयो। कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ। प्रहरी र कर्मचारी राखेर सानो कार्यालय समेत स्थापना गरी यो काम अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार