कोशी प्रदेश लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रि-इन्भेष्मेन्ट मिट सम्पन्न
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको कोशी प्रदेश लगानी सम्मेलन २०८१ को पूर्वसन्ध्यामा आज प्रि इन्भेष्मेन्ट मिटको अयोजना गरिएको छ। लगानी सम्मेलन भोलि (वैशाख १८) देखि दुई दिनसम्म विराटनगरमा हुँदै छ।
प्रिमिटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारी, साथै स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि ८ वटा कानुन अध्यादेशमार्फत संशोधन भइसकेको जानकारी दिनुभयो। उहाँले लगानी सम्मेलनले कोशी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। लागनी सम्मेलनलाई पछि आवधिक रुपमा फलोपअ मिटिङ गर्ने र धेरै भन्दा धेरै प्रतिबद्धता भएका परियोजनालाई सफल बनाउन सबै खालका सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
उद्योगी तथा व्यवसायीहरुले जलविद्युत् र पर्यटनजस्ता क्षेत्र लगानीका लागि आकर्षक रहेको सुझाव दिँदै कर प्रणाली लगायतका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।
प्रतिक्रिया