श्रावण १४ २०८२, बुधवार

लागूऔषध बढेकोमा लायन्स क्लब गौरादहको चिन्ता, मिनि म्याराथन देखि स्वयंसेवक प्रहरी गठनको योजना

Ads

जेबि खड्का 
गौरादह/लायन्स क्लब अफ गौरादहले लागु औषध दुर्ब्यसनी न्युनिकरण गर्न अभियान संचालन गर्ने भएकाे छ। लागु पदार्थ सेवनमा युवा युवतीहरुकाे संख्या बृद्धी हुदै जाँदा त्यसलाई नियन्त्रण गर्न सबैकाे सहयाेग आवश्यक रहेकाे लायन्स क्लबका अध्यक्ष किशाेर के.सी.ले जानकारी गराएका छन। लागु औषध प्रयाेगकर्तालाई निरुत्साहित बनाउन संचालन गरिने अभियानका कार्यक्रमका बारेमा जानकारी गराउन आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति के.सी.ले बिगत बर्षहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरिएकाे र यस बर्ष पनि थप कार्यक्रम संचालन गरिने बताएका छन। गौरादह नगरपालिकाकाे समन्वय  र लायन्स क्लबकाे आयाेजनामा लागु पदार्थ प्रयाेगकर्तालाई  न्युनिकरणका लागि भिजुयल प्रदर्शनका साथै  अभिभावक र बिद्यार्थीलाई प्रशिक्षण गरिने जानकारी गराएका छन। बिद्यार्थीहरुका लागि बिद्यालय स्तरमा कार्यक्रम गरिने र अभिभावकहरुका लागि चौक तथा अभिभावकहरु जमघट हुने स्थानमा कार्यक्रम आयाेजना गरिने अध्यक्ष के.शी.ले जानकारी गराएका छन। अभियानका क्रममा नगरपालिका सँग समन्वय गरि सबै वडामा समाजिक प्रहरी परिचालन गर्ने लायन्स क्लबका मेम्बर तथा अभियान कार्यक्रमका संयाेजक हेमन्त कार्कीले जानकारी गराएका छन। सामाजिक प्रहरीले वडा भित्र रहेका लागु औषध प्रयाेग कर्ताकाे पहिचान गर्न सहयाेग गर्ने बिस्वाश लिएकाे संयाेजक कार्कीले बताएका छन। 

स्वास्थ्यका लागि मिनि म्याराथुन दौड आयाेजना गरिने 

Ads

स्वास्थ्यका लागि खेलकुद रहेकाले साेही अभियान अन्तर्गत ५ किलाे मिटरकाे मिनि म्याराथुन दौड संचालन गर्ने भएकाे छ। यहि बैशाख २३ गते मंगलबार बिहान ७ बजे गौरादह डिपु चौकबाट म्येराथुन दौड सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियाे। पुरुष महिला दुबैका लागि खुल्ला राखिएकाे दौड डिपु चौकबाट पश्चिम स्कुलचौन सडकमा दौड गरिने जानकारी गराइएको छ। करिब ३ सय जना सहभागी हुन सक्ने अनुमान गरिएकाे दौडमा डिपुबाट सुरु भएर  २.५ किलाे मिटर पश्चिम पुगेपछि त्यहाँ बाट   २.५ किलाे किलाे मिटर फर्केर पुन डिपु चौकमा आइ समापन गरिने संयाेजक कार्कीले जानकारी गराएका छन।दौडमा प्रथम हुनेलाई नगद १० हजार दाेस्राे हुनेलाई ७ हजार ५ सय तेस्राे हुनेलाई ५ हजार र चौथा हुनेलाई सान्त्वना स्वरुप ३ हजार पुस्कार दिइने पनि संयाेजक कार्कीले पत्रकार सम्मेलनमा  जानकारी गराएका छन।कार्यक्रमकाे संचालन क्लबका सचिव मन्ताेष बिमलीले गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार