शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड सामान्य घाइते, उपचारपछि निवास फर्किए
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।
खुमलटारस्थित निजी निवासमा गएराति सुत्नुअघि शौचालय जान क्रममा उनी सामान्य रूपमा ठोक्किएका थिए। त्यसक्रममा सामान्य चोट लागेपछि उनी उपचारका लागि मेडिसिटी अस्पताल गएका थिए। अस्पतालसम्म उनी आफैं हिँडेरै पुगेका थिए।
उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र उनी हाल पुनः आफ्नै निवासमा फर्किएका छन्। पार्टी स्रोतका अनुसार अहिले प्रचण्ड सामान्य अवस्थामा छन् र भेटघाटमा व्यस्त रहेका छन्।
पार्टीले प्रचण्डको स्वास्थ्यमा गम्भीर समस्या नरहेको स्पष्ट गर्दै शुभचिन्तकहरूलाई चिन्ता नलिन आग्रह गरेको छ।
प्रतिक्रिया