जेष्ठ २२ २०८३, शुक्रबार

आज देशैभर मौसम बदली भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आज देशैभर मौसम बदली भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी मौसम बुलेटिनका अनुसार अहिले देशभर बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
Ads

 

 

Ads

आज दिउँसो सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार